प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध


काठमाडाैँ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा शनिबार ओली पक्षको नेकपाले राखेको कार्यकर्ता भेलामा कालो मास्क, टोपी र गलबन्दीमा प्रतिबन्ध लगाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको हो ।

नेकपा बृहत् भेलामा ओली पक्षका नेताहरू लगायत प्रधानमन्त्री केपी ओली समेत सहभागी भएका छन् । उक्त कार्यक्रममा गएका कार्यकर्ताहरूलाई कालो मास्क, टोपी र गलबन्दी फुकालेर मात्रै प्रवेश दिइएको छ ।

सांकेतिक विरोध हुनसक्ने भन्दै काला वस्तुमा प्रतिबन्ध लगाएको बताइएको छ ।

भेलालाई ओलीसहित गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने कार्यतालिका छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]