कारको ठक्करबाट मर्यो पाटेबाघ


बारा । कारको ठक्करबाट एउटा बाघ मरेको छ । पूर्वपश्चिम राजमार्गकोझ बारा-जितपुर खण्डमा कारको ठक्करबाट पाटेबाघको मृत्यु भएको हो ।

बा१६ च ८११ नम्बरको कारले बिहान सवा ७ बजे राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट बाघको घटनास्थलमै मृत्यु भएको हो ।

कार चालक सर्लाहीका अजय मिश्र र बाघलाई प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको छ । सिमराको आधारभार जंगलमा कारले बाघलाई ठक्कर दिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]