सिड्नीका दिलको गीत ‘नाच्देउ बसन्ती’मा भीमफेदी गाईजहरुको बबाल डान्स


काठमाडाैँ । दिल तामाङको गीत ‘नाच्देउ बसन्ती’ सार्वजनिक भएको छ । सिड्नीबासी दिलको गीत शुक्रबार स्टार क्याडेटस् युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

डिपी खनालको शब्दमा दिल तामाङले स्वर भरेका छन् भने शंकर थापा स्माइलको संगीतलाई उदय राज पाैडेलले संयोजन गरेका छन् ।

स्टुटियो फिलमा रेकर्ड गरिएको उक्त गीतमा मिक्स एण्ड मास्टरिङको काम अशोक महर्जनले गरेका छन् ।

त्यस्तै, गीतको भिडियोमा लोकप्रीय डान्स ग्रुप भीमफेदी गाइजको डान्स रहेको छ । निर्मल कुमार लामाको निर्देशन, कन्सेप्ट र कथामा भिडियो निर्माण गरिएको हो । पवन सुस्लिङले नै भिडियोको छायाँकन र सम्पादन गरेका हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]