सबै स्थानीय तहमा औद्योगिक ग्रामको अवधारणा ल्याइसक्यौँ : मन्त्री भट्ट


काठमाडाैँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकका ७५३ स्थानीय तहमा औद्योगिक ग्रामको अवधारणा अघि बढाइसकेको बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य सङ्घको ‘४१ आँै साधारणसभा उद्घाटन’ का क्रममा शुक्रबार उनले विश्वका मुलुकहरु औद्योगिक क्रान्तिमार्फत विकास भइरहेका बताए । उनले भने, “हामीले प्रकृतिले दिएका स्रोत साधनको सही ढङ्गले प्रयोग गर्न अझै सकेका छैनाैँ । मुलुकमा विभिन्न व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई सही तरिकाले काम गर्न आग्रह गर्दछु । यदि कुनै व्यवसायीले गल्ती गरेमा त्यसलाई कानूनी कारवाहीको दायरामा पनि ल्याउनेछाैँ ।” मुलुकलाई आर्थिक समृद्धि तिर अघि बढाउन उत्पादनलाई गुणस्तरीय बनाउन जरुरी रहेको उनको भनाइ थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]