गरिब तथा जेहेन्दार विद्यार्थीलाई ज्ञान उदय छात्रवृत्ति


???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????चौधरी ग्रुपद्वारा स्थापित ज्ञान उदय छात्रवृत्ति नवलपरासीका १३४ एसएलसी उत्र्तीण गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गरिएको छ । ‘शैक्षिक जागरण अभियान ः शिक्षित नेपाली समृद्ध नेपाल’ भन्ने नाराका साथ स्थापित पाँच हजारदेखि १० हजारसम्मको यो छात्रवृत्ति विद्यार्थीलाई प्रदान गरिएको हो । नवलपरासीको रजहरमा रहेको चौधरी उद्योग ग्राम परिसरमा मङ्गलबार ग्रुपका अध्यक्ष विनोद चौधरी र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले संयुक्त रूपमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो । जिल्लाको क्षेत्र नम्बर १, २ र ३ का गरी कुल १३४ जनालाई ज्ञान उदय छात्रवृत्ति वितरण गरिएको छ । यसमा ६६ छात्रा र ६८ छात्र रहेका छन् । छात्रवृत्ति पाउनेमा साबिकको दिव्यपुरी गाविसभित्रका उत्कृष्ट १८ जना र २०७० सालको एसएलसी परीक्षामा जिल्ला उत्कृष्ट हुन सफल छात्र र छात्रा दुईजना समेत छन् । छात्रवृत्ति पाउनेहरूमा विद्यालयबाट उत्कृष्ट ५२ जना, गरिब तथा जेहेन्दारतर्फ ५० जना र ग्राममा काम गर्ने कर्मचारी तथा मजदुरका १२ जना छोराछारी रहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]