कालोसूचीमा राखिएको ३ महिना नहुँदै ओम्नी ग्रुपले पायो ‘क्लिनचिट’


काठमाडाैँ । ओम्नी ग्रुपले क्लिनचिट पाएको छ । स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमितताको आरोप खेपिरहेको ओम्नी ग्रुप (ओबीसीआई प्रा.लि.) लाई स्वास्थ्य सेवा विभागले ‘क्लिनचिट’ दिएको हो ।

ओम्नी ग्रुप स्वास्थ्य विभागसँगको सम्झाैता बमोजिम सामान ल्याउन नसकेको भन्दै ठेक्का सम्झौता रद्द गरी कालोसूचीमा राख्न सिफारिस गरिएको थियो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभागको सिफारिस अनुसार ओम्नीलाई १ वर्षका लागि कालोसूचीमा राखेको थियो । तर, कालोसूचीमा राखिएको ३ महिना नहुँदै कार्यालयले ओम्नीको कालोसूची स्थगन गरेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]