कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार थपिएकासँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।