प्रचण्ड-नेपाल पक्षका कर्णाली प्रदेश सांसदको गाडीमा आगजनी !

जाजरकोट । कर्णाली प्रदेशसभा सदस्यको गाडीमा आगजनी गरिएको छ । प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको गाडीमा गएराति आगजनी भएको हो ।
अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष सिंह जाजरकोटमा प्रदेश सरकार मातहतका योजनाहरुको अनुगमन गर्न गएको बेला भेरी नगरपालिका पुन्मामा गाडी जलेको अवस्थामा भेटिएको जाजरकोट प्रहरीले जनाएको छ । सिंह प्रचण्ड–नेपाल समूहका प्रदेश सांसद हुन् ।
यसबारे अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ । गाडी कसरी जलेको भन्नेबारे अहिलेसम्म केही खुलेको छैन,’ डिएसपी किशोर श्रेष्ठले भने, ‘हामी अनुसन्धानकै क्रममा छौं, आफैं आगो लागेको हुन पनि सक्छ ।