ललितपुरमा ९ वर्षीया बालिकालाई बलात्कार गर्ने हर्क पक्राउ !


काठमाडौँ । ललितपुरमा ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ । बिहीबार प्रहरीले झापा घर भई महालक्ष्मी नगरपालिका–३ इमाडोल बोजेपोखरीस्थित डेरागरी बस्ने ४२ वर्षीय हर्कबहादुर विकलाई पक्राउ गरेको हो ।

उनले ९ वर्षीया बालिकालाई ललाइफकाइ बलात्कार गरेको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले बताए । उनीमाथि प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]