सस्तियो सुन, आजको मूल्य कति ?


काठमाडाैँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन बुधबार भने प्रतितोला रु ९२ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९१ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतितोला रु ९१ हजार ९५० मा बुधबार कारोवार भएको तेजाबी सुनसमेत तोलामा रु १०० ले घटेको छ । त्यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबार र आजसमेत प्रतितोला रु एक हजार २०० मा कारोवार भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]