प्रचण्ड–माघवलाई अर्को झट्काः २ जना प्रदेश सांसद ओलीतिर लागे !


जनकपुर । नेपाल कम्युनिस्ट पाटी (नेकपा) दुई समुहमा विभाजन भएसँगै सांसद तनातान भैरहेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने २ नम्त्रर प्रदेशका २ जना सांसद नेकपा केपी शर्मा ओली समूहमा लागेका छन् ।

प्रचण्ड निकट सांसदहरु रामचन्द्र मण्डल र ज्वाला कुमारी साह ओली समुहमा लागेका हुन् । प्रचण्ड सत्ता स्वार्थमा रुमलिएकाले ओलीतिर लागेको मण्डल र ज्वालाले प्रतिकृया दिएका छन् ।

२ नम्बर प्रदेशका अध्यक्ष समेत रहेका नेता प्रभु शाह प्रधानमन्त्री ओलीको समुहमा लागेपछि मण्डल र शाह पनि ओली समुहमा लागेका हुन् ।

संसद विघटनपछि ओलीको आत्मघाती निर्णय भन्दै विरोध गरिरहेका शाहा मन्त्रीको अफर आएपछि ओली समुहमा लागेका थिए । प्रभु अहिले शहरी विकासमन्त्री भएका छन् ।

दुवै जना प्रदेश सांसदहरुले ओली समूहले बीरगंजमा आयोजना गरेको प्रदेश भेलामा सहभागीता जनाएर आफ्नो लाईन स्पष्ट पारेका हुन् । प्रदेश २ मा तत्कालीन नेकपा एमालेका २१ र तत्कालीन माओवादीका ११ जना गरी प्रदेश सभामा नेकपाका ३२ सांसद छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]