स्थानीय संक्रमित संख्या ६ पुगेपछि भिक्टोरियामा आजै साँझबाट नयाँ प्रतिबन्ध, इन्डोरमा मास्क अनिवार्य


मेलबर्न, अष्ट्रेलिया ।

भिक्टोरियामा नयाँ कोरोना संक्रमितको संख्या ६ पुगेको छ । हिजो ३ जना मात्रै संक्रमित भेटिएकोमा आज यो दोब्बर बनेपछि राज्य सरकारले आज साँझ ५ बजेबाटै ईन्डोरमा मास्क अनिवार्य गरिदिएको छ भने घरमा पाहुना बोलाउन पाउने संख्या पनि ३० बाट घटाएर १५ बनाइएको छ । यी सबै कोरोना संक्रमित न्यूसाउथवेल्सबाट आएको एकजना यात्रीले डिसेम्बर २१ तारिखमा रेष्टुरेन्टमा खाना खाएपछि फैलिएको पाइएको छ ।

यो पनि पढ्नुस्

यी सबै संक्रमणका घटनाहरु ब्ल्याक रकमा रहेको ‘स्माईल बफ्यालो थाई रेष्टुरेन्ट’सँग जोडिएका छन् । सिड्नीबाट भिक्टोरियामा आएका यात्री कोरोना संक्रमित थिए भने अहिले सबै यात्रीहरुका लागि सोधपुछ र परीक्षण कडा बनाइएको छ । यसैबीच भिक्टोरियाका स्वास्थ्य मन्त्री मार्टिन फोलीले सिड्नीको नर्दनविच क्षेत्रबाहेकबाट आएका यात्रीमा पनि कोरोना देखिएपछि घुम्न गएका भिक्टोरियनहरुलाई तत्कालै फर्किन आग्रह गरेका छन् । यसअघि ब्लू माउन्टेन र ओलंगोंगबाट आउने यात्रीहरुलाई जनवरी १ तारिखदेखि प्रतिबन्ध लगाउने निर्णय भइसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]