महिलाविरुद्ध भएका विभेदको जिम्मा प्रधानमन्त्री कोइरालाले लिनुपर्ने अष्ट्रेलियावासी नेपाली महिलाहरुको माग


0U2A6734 copyअन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा महिला महिलाविरुद्धको हिंसा अन्त्यका लागि हाम्रो अभियान नामक अन्तरक्रिया गैरआवासीय नेपाली संघको नारी फोरम नारी निकुञ्जको आयोजनामा सिड्नीमा सम्पन्न भएको छ । एसफिल्डस्थित कम्युनिटी क्याथोलिक क्लबमा आयोजित अन्तरक्रियाको निचोड समेटेर संस्थाले राजदूतमार्फत प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र समेत बुझाएको छ । उक्त ज्ञापनको पहिलो बुँदामा नै अहिलेसम्म भएका महिलाविरुद्धका विभेद र हिंसाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने लेखिएको छ । राज्यको कार्यकारी प्रमुखका हैसियतले यस्तो जिम्मा लिँदै विभेद अन्त्यको नेतृत्व लिन प्रधानमन्त्रीलाई आह्वान गरिएको हो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको अन्तरक्रियामा सन्ध्या शाह र प्रतिज्ञा अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने राधिका बानियाँले नेपालमा महिलाहरुको वर्तमान स्थिति विषयमा जानकारी गराउनुभएको थियो । कार्यपत्रमाथि अधिवक्ता शमशेर थापा र पत्रकार सुजित सिग्देलले टिप्पणी गर्नुभएको थियो । अन्तरक्रियामा सोलिसिटर ऋचा रजौरियाले महिलाविरुद्धको हिंसाका विषयमा अष्ट्रेलियाको कानूनका प्रावधान जानकारी दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपालका राजदूत रुद्रकुमार नेपालले नारी निकुञ्जले प्रस्तुत गरेको ज्ञापन पत्र सम्बन्धित निकायमा पठाउने बताउनुभयो । यस्तै न्यू साउथवेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूत दिपक खड्का, एनआरएन संरक्षक ईन्द्रा बनले महिलाविरुद्धको हिंसा अन्त्यका लागि कार्यक्रमले सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । सञ्जीव पाण्डेले आफ्नो भनाई राख्दै जुनसुकै धर्ममा पनि महिलाहरुलाई दोश्रो दर्जा नै दिइएको भन्दै परम्परागत र व्यवहारगत पक्षहरुको चर्चा गर्नुभएको थियो। एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले नारी निकुञ्जको सक्रियता वास्तवमै प्रशंसायोग्य भएको भन्दै नेपालमा चेतना अभिबृद्धि गर्ने खालका योजनामा हातेमालो गरी अघि बढ्ने बताउनुभयो । उपस्थित सिड्नीस्थित नेपाली समूदायका सदस्यहरुले महिलाविरुद्धको हिंसाका विषयमा आफ्ना भनाई राख्नुभएको थियो । अन्तरक्रिया कार्यक्रमकी सभाध्यक्ष एवं नारी निकुञ्ज अष्ट्रेलियाकी सचिव सिर्जना संग्रौलाले एमएनटीभीसँग कुरा गर्दै जुनसुकै मुलुकमा बसेपनि नेपालमा भइरहेका विविध घटनाहरुका बारेमा हामी पनि चासोपूर्ण नजरले हेरिरहेका छौं भन्नुभयो । उहाँले कार्यक्रम सफल भएको भन्दै आगामी दिनमा महिलाविरुद्धको हिंसा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्ने बताउनुभयो । ९फोटोफिचरको लागि हाम्रो फेसबुक पेजमा जानुहोला ।०

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]