साउथ अष्ट्रेलियामा थप तीन जनामा कोरोना देखियो


एडिलेड । साउथ अष्ट्रेलियामा विदेशबाट आएका तीन जनामा कोरोनाको संक्रमण भएको पाईएको छ । साउथ अष्ट्रेलियाको स्वास्थ्य विभागका अनुसार मंगलवार ४९२९ जनाको परिक्षण गरिएकोमा ३० र ५० वर्षका दुई पुरुष सहित एक वच्चामा कोरोना देखिएको हो ।

एडिलेड आएदेखि नै मेडिहोटलमा रहेका निजहरुमा पहिलो परिक्षमा नै कोरोना पोजेटिभ देखिएको हो । पछिल्लो लकडाउन पछि समाजमा कोरोना नदेखिए पनि विदेशबाट आउनेहरुमा कोरोना देखिने क्रम जारी रहेको छ । हाल आठ जना पोजेटिभ केश रहेकोमा दुई जना अस्पतालमा उपचाररत रहेको विभागले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]