सहमति भन्दै संविधानसभालाई बाईपास गर्न नहुने पौडेलको तर्क


???????????????????????????????????????????????????पहिलो संविधानसभा निर्वाचन पूर्व सङ्क्रमणकालीन अवस्थामा गरिएका सहमति र सम्झौताका नाममा संविधानसभालाई बाइपास गरेर कुनै हालतमा पनि संविधान निर्माण प्रक्रियाअघि बढ्न नसक्ने नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताउनु भएको छ । काँग्रेस नेता पौडेलले विगतमा गरिएका सम्झौताका कुरा तेर्साएर संविधानसभाको मुल मर्मलाई कुण्ठित पार्दै संविधानसभा बाहिरबाट संविधान बनाउने काम हुनै नसक्ने उल्लेख गर्नु भयो । पूर्व राजाले समेत सम्झौताका कुरा गर्न थाल्नुभएको छ, नेता पौडेलले भन्नुभयो, “सहमति र सम्झौताभन्दा संविधानसभा ठूलो हो । ती गरिएका सहमति र सम्झौता उल्टाएर हेरौँ त्यसको अन्तिम निर्णय भने संविधानसभाले नै गर्नेछ भनी लेखिएको छ ।” उपसभापति पौडेलले राजा शुद्धोधनको दरबार तिलौराकोट क्षेत्रको अवलोकन भ्रमण गरी लुम्बिनीको विकास सँगसँगै प्राचीन कपिलवस्तु क्षेत्रको विकासका लागि पनि सरकारको विशेष ध्यानाकर्षण हुनुपर्नेमा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]