गैरआवासीय नेपाली संघको भवन प्रधानमन्त्रीबाट शिलान्यास


???????????????????????????????????????काठमाडौंको बालुवाटारमा बन्न लागेको एनआरएन हेडक्वार्टरको प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्नुभएको छ । आज विहान विशेष समारोहकाबीच प्रधानमन्त्री कोइरालाले एनआरएन अध्यक्ष शेष घले, संस्थापक उपेन्द्र महतोसहित शिलान्यास गर्नुभएको हो । करिब १३ करोडको लागतमा जग्गा किनिएको थियो। यस भवनका लागि विश्वभरिबाट गैरआवासीय नेपालीहरुले सहयोग गरेका छन् । कार्यक्रममा संविधानसभाध्यक्ष सुवास नेम्वांग सहित विशिष्ठ व्यक्तिहरु आमन्त्रित हुनुहुन्थ्यो। यस कार्यक्रममा सहभागी हुनका लागि एनआरएनका पदाधिकारीहरु विभिन्न देशबाट काठमाडौं पुगेका छन् । गत वर्ष मात्रै दर्ता भएको एनआरएनको आफ्नै भवन निर्माणको अभियान अष्ट्रेलियाबाट सुरु गरिएको थियो भने अहिलेसम्म १७ करोडको प्रतिबद्धता आइसकेको र ७ करोडभन्दा बढी रकम उठेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]