ओलीले कलंकको टीका लगाए, हामीलाई जनताको हिरो बनाइदिएः अध्यक्ष प्रचण्ड !


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको टीका लगाएको बताएका छन् । सोमवार जनसांस्कृतिक महासंघको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले ओलीले लोकतन्त्रको निर्मम हत्या गरेको आरोप लगाएका हुन् । प्रधानमन्त्री केपी ओलीकै सहमतिमा सरकार गठन हुने विकल्प हुँदाहुँदै प्रतिनिधिसभा विघटन हुन नसक्ने उनको भनाइ छ ।

तीन करोड नेपालीको सार्वभौमिकतामाथि केपी ओलीले जो प्रहार गरेको छ त्यस विरुद्ध लाग्नु पर्नेमा उनले जोड दिए । उनले सदन विघटन नभएको समेत दाबी गरे। सदन विघटन भएको छैन । विघटन भएको भनेको केपी ओलीको सरकार हो । उसले जसरी प्रतिनिधिसभाको हत्या भयो भनेको छ, त्यस्तो होइन। प्रतिनिधिसभा जिवित छ, उनले भने ।

सही र गलतको बीचमा अन्तर्संघर्ष चलेकै हो । पार्टी एकताको विधान र राजनीतिक प्रतिवेदन अनुसार चल्नुपर्छ भन्ने र व्यक्तिवादी ढंगले चल्न पाउनुपर्छ भन्ने बीचको, उनले भने । केपी ओली इतिहासमा कलंकित भएको प्रचण्डको आरोप थियो । केपी ओली पराजित हुनुभयो । इतिहासमा उहाँ कलंकित हुनुभयो । कलंकको टीका लगाउनुभयो । हामी विजय भयौँ, उनले भने ।

प्रचण्ड र माधव नेपाल सडकमा पलेँटी कसेर बाटोमा जाँदा ल यिनीहरु सडकमा पुगे भनेर हाँसो उडाएको भन्दै उनले भने, हामी सडकमा पुगेको होइन । हामी जनतामा गएका हौँ । केपी ओली श्री ३ महाराज जस्तो जंगेको बाटोमा हिँड्नुभयो । हामीलाई जनताको बीचमा जाने वातावरण मिल्यो। जनताको हिरो बन्ने बाटो मिल्यो ।

उनले अहिले पूर्व माओवादीका नेताहरु ओली पक्षमा लागेको प्रति व्यङ्ग्य गर्दै वैशाख पछि फर्किएर आउनेसमेत बताए । केही साथी उता गए भनेर चिन्ता लिनुपर्दैन । हिजो पनि यस्तो हुन्थ्यो । उनीहरु फर्किन्छन् उनले अगाडि भने, हेर्नुहोला वैशाखपछि उनीहरु फर्किन्छन् । अन्त जाने ठाउँ हुन्न । अनि हामी अलि फराकिलो दिल भएका माफी दिइहाल्छौँ । स्वागत गरिहाल्छौँ ।

उनले सर्वोच्चले यति सामान्य कुरा बुझ्ने विश्वास व्यक्त गरे । ‘मलाई विश्वास छ, सम्मानित अदालतले यति सामान्य कुरा बुझ्दैन भन्ने हो भने हामी आफैं वास्तवमा अदालतको सम्मानप्रति अपमान हुन्छ भन्ने मलाई लाग्छ । छिट्टै सदन सुचारु गर्ने आदेश आउँछ भन्ने विश्वास गर्छु,’ प्रचण्डले भने ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]