‘मैले श्रीमान्‌को हत्या गरेँ’ भन्दै प्रहरीमा पुगिन् ५० वर्षीया डल्ली !


काठमाडौँ । रुकुम पश्चिममा धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छन् । हत्यापछि ५० वर्षीया डल्ली बुढा आफै प्रहरी कार्यालय पुगेकी हुन् । उनले खुकुरी र चक्कु प्रहार गरेर उनले ३९ वर्षीय चित्रबहादुर थापाको हत्या गरेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान उठेपछि नै दुवैजनाबीच विवाद सुरु भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले भने, ‘त्यसपछि बढेको विवादमा श्रीमतीले चक्कु प्रहार गरेको देखियो ।’

चक्कु साथमै लिएर जिल्ला प्रहरी कार्यालयमै आएपछि प्रहरी टोली घटनास्थलमा गएको डीएसपी केसीले बताए । घटनास्थलमा धािरलो हतियार प्रयोग गरी हत्या गरेको शव भेटिएपछि अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।

हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धानकै क्रममा रहेको डीएसपी केसीले बताए । डल्ली चित्रबहादुरकी कान्छी श्रीमती हुन् । एकान्तमा घर रहेका कारण अरुले सजिलै घटनाको बारेमा थाहा पाएनन् । प्रहरी पुगेपछि मात्रै अरु स्थानीयले घटनाबारे थाहा पाएको वडाध्यक्ष बुद्धिप्रसाद बुढाले बताए । तीन वर्षअघि थापाकी पहिलो श्रीमती उनीसँग छोराछोरी लिएर अलग्गिएकी थिइन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]