कोरोनाको समाचार संकलन गर्ने चिनियाँ पत्रकारलाई ४ वर्ष जेल !


एजेन्सी । चीनमा कोरोना भाइरस (कोभिड–१९) को समाचार संकल गर्ने एक पत्रकारलाई ४ वर्षको जेल सजाय तोकेको छ । समाचार संकलन गर्ने पत्रकार झांग जानलाई चार वर्षको जेल सजाय सुनाइएको हो । गत वर्ष चीनको वुहान राज्यबाट कोरोना भाइरस सुरु भएको थियो ।

३७ वर्षीया पत्रकारलाई कोरोना भाइरसको बारेमा उत्तेजना फैलाएको र समस्या सिर्जना गरेको भन्दै मे महिनामा चिनियाँ अधिकारीले नियन्त्रणमा लिएका थिए । उनी पूर्व कानुन व्यवसायी पनि हुन् । अहिले उनको स्वास्थ्य अवस्था निकै कमजोर रहेको समाचारमा बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]