आईक्यापको बैठकमा भाग लिएर एमाले वरिष्ठ नेता मलेसियाबाट स्वदेश फिर्ता


??????????????एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को मलेसियाको राजधानी क्वलालम्पुरमा सम्पन्न स्थायी कमिटीको २४ आँै बैठकमा भाग लिई स्वदेश फर्कनुभयो । स्वदेश फर्केपछि विमानस्थलामा पत्रकारसँग कुरा गर्दै संविधान निर्माणका लागि वार्ताभन्दा सहमति र वार्तालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, सकेसम्म अधिकतम् सहमति नत्र यथेष्ट सहमतिका आधारमा संविधान ल्याउन वार्तामा जुट्नुपर्छ । बैठकमा एसियाली देशहरूका आपसी सम्बन्धलाई गहिरो र घनिष्ठ बनाउने तथा एसियाली महादीपलाई अग्रगामी दिशा दिने विषयका विमर्श गरी प्रस्ताव पारित भएको थियो । नेता खनाल यही फागुन १५ गते त्यसतर्फ जानुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]