बोक्सीको आरोपमा सासूको हत्या गर्ने मन्जुदेवी पक्राउ !


लहान । बोक्सीको आरोपमा आफ्नै सासू आमालाई कुटपिट गरी हत्या गरेर फरार एक महिलालाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–३ निवासी ३५ वर्षीया मन्जुदेवी साह रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा मन्जुदेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम पौडेलले जानकारी दिए । बोक्सीको आरोप लगाउँदै मन्जुदेवीले ८५ वर्षीया सासू सुदामादेवी साहलाई गत कात्तिक ११ गते कुटपिट गरेकी थिइन् ।

बुहारीको कुटपिटबाट गम्भीर घाइते सुदामादेवीको उपचारको क्रममा मृत्यु भएको थियो । पक्राउ परेकी मन्जुदेवीलाई आजै आवश्यक कारवाहीको लागि जिल्ला अदालत सिरहामा बुझाएको प्रवक्ता पौडेलले बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]