फागुन २६ गतेसम्म आन्दोलन स्थगित गरी वार्तँको मोर्चामा जाने एमाओवादीको निर्णय


Dahal Speaks to Media After Meeting With the PMएकीकृत नेकपा (माओवादी) ले यही फागुन २६ गतेसम्म कुनै पनि आन्दोलनका कार्यक्रम नगर्ने भएको छ । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संविधानका विवादित विषयमा सत्तारुढ दलसँग वार्ता र सम्वादको प्रक्रिया अगाडि बढेकाले आन्दोलनको कार्यक्रम नगर्ने निर्णय गरेको हो । बैठकले गत माघ ११ गतेपछि व्यवस्थापिका–संसद्को कुनै पनि समितिमा सहभागिता नजनाएको एमाओवादीले आइतबार ३० दलीय मोर्चाको बैठक बसेर संसदीय समितिको बैठकमा सहभागिता जनाउने निर्णय गरेको छ । अरु दलसँग पनि सहमतिमा नै उक्त निर्णय गरिने एमाओवादी संसदीय बोर्डका सचिव अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । मोर्चाले निर्णय नगरेको भएपनि मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का प्रमुख सचेतक रामजनम चौधरीले यसअघि नै संसदीय समितिको बैठकमा भाग लिनुभएको थियो । संसदीय समितिको बैठक बहिस्कार गरेका कारण अन्य समिति प्रभावित नभएपनि सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठक प्रभावित भएको थियो । लेखा समितिमा जनार्दन शर्मा र श्रम समितिमा प्रभु साह सभापति हुनुहुन्छ । सरकारलाई गलत निर्णय गर्नबाट रोक्न संसदीय समितिको महत्व रहेको र त्यसमा पनि प्रतिपक्षको भूमिका सशक्त हुनुपर्नेमा त्यसलाई नै बहिस्कार गरेर गलत काम गरेको भन्दै एमाओवादीको आलोचना भएको थियो । तर एमाओवादीले जवरजस्ती गरेका कारण संसदीय समितिमा भाग नलिने बताउँदै आएको थियो । उहाँकाअनुसार बैठकले यही फागुन १६ गते निषेधित क्षेत्र तोडेको भन्दै बानेश्वरमा नेता तथा कार्यकर्तामाथि सरकारले योजनावद्ध दमन गरेको ठहर गर्दै घाइतेको निशुल्क उपचार गर्न माग गरेको छ । प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा एमाओवादी नेता गङ्गानारायण श्रेष्ठसहित चार दर्जन भन्दा बढी आन्दोलनकारी घाइते भएका थिए । बैठकले तीस दलीय मोर्चाले घोषणा गरेको आन्दोलनमा सक्रिय सहभागिता जनाएकोमा नेपाली जनताप्रति आभार व्यक्त गर्दै धन्यवाद समेत व्यक्त गरेको छ । बैठकमा एमाओवादी अध्यक्ष पुष्कमल दाहालले सत्तारुढ दलकाबीचमा भएको पछिल्लो वार्ताका बारेमा जानकारी गराउनुभएको बोर्डका सचिव सापकोटाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]