संसद विघटनविरुद्ध जसपाको विरोध प्रदर्शन


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनविरूद्ध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले विरोध प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री ओलीको उक्त कदम असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै जसपाले काठमाडौंमा भएको विरोध प्रदर्शन गरेको हो।

शान्तिबाटिकाबाट शुरू भएको र्‍यालीमा शीर्ष नेताहरु डा.बाबुराम भट्टराई,उपेन्द्र यादव, राजेन्द्र महतो,राजेन्द्र श्रेष्ठ, हिसिला यमी,गंगा श्रेष्ठ,नवराज सुवेदी लगायतको सहभागिता छ ।

प्रधानमन्त्री ओलीले पुस ५ गते आइतवार हठात रुपमा संसद विघटन गरेपश्चात् देशभर विरोध प्रदर्शन भइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]