माघ ७ गते प्रदेश नं १ को प्रदेशसभा बैठक बस्ने


मोरङ । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ ।

प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिन अपराह्न २ बजे बैठक बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिए ।

प्रदेशसभाको यसअघि छैटौँ तथा बजेट अधिवेशन गत साउन ९ गते बसेर अन्त्य भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]