बेलायतबाट बाहिरियो नयाँ कोरोना, क्यानडा, जापानसहित युरोपका ७ देशमा पुष्टि !


काठमाडौँ । बेलायतमा भेटिएको नयाँ प्रजातीको कोरोना भाइरस अन्य देशहरुमा पनि देखिन थालेको छ । कोरोना भाइरसको नयाँ प्रजाति क्यानडा र जापानसहित यूरोपका ७ देशमा भेटिएको छ । सबैभन्दा पहिले बेलायतमा भेटिएको यो प्रजाति अहिले क्यानडा र जापानसहित यूरोपका विभिन्न देशमा पनि भेटिएको हो ।

स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड र फ्रान्सले बेलायतबाट फर्किएका आफ्ना नागरिकमा कोरोना भाइरसको नयाँ प्रजाति पुष्टि गरेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

यस्तै क्यानाडाको ओन्टारियोमा पनि केहीमा नयाँ प्रजातिको भाइरस पुष्टि भएको छ जसमा यसअघि कतै यात्रा गरेको वा संक्रमितको सम्पर्कमा नआएका पनि परेका बीबीसीले उल्लेख गरेको छ ।

नयाँ भाइरस पुष्टि भएपछि जापानले सोमबारदेखि गैर आवासीय विदेशीलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । बेलायतबाट फर्किएका ५ जनामा देखिएको संक्रमण थप दुई जनामा सरेको पाइएपछि जापान सरकारले कडाई गरेको हो । यसैबीच केही यूरोपियन देशले आइतबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउने निर्णय गरिसकेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]