बक्सिंग डेमा २३ हजार परीक्षण, ७ नयाँ संक्रमित, ४ विदेशबाट आएका यात्रीमा कोरोना


सिड्नी अष्ट्रेलिया ।
न्यूसाउथवेल्समा कोरोनाको संक्रमण बढिरहेको छ । शनिबार मात्रै पनि ७ नयाँ संक्रमित फेला परेका छन् भने ४ अन्तर्राष्ट्रिय यात्रीमा कोरोना देखिएको छ । यससँगै राज्यमा नयाँ कोरोना संक्रमितको संख्या ११ पुगेको छ । गएको २४ घण्टामा २३ हजार ९ सय ३३ परीक्षण गरिएको थियो ।

न्यूसाउथवेल्समा लगाइएको नयाँ प्रतिबन्ध यस्तो छ

बक्सिंग डेमा सिड्नी सिटीमा किनमेलका लागि नजानका लागि स्वास्थ्य अधिकारीहरुले गरेको आग्रहका बाबजुद ठूलो संख्यामा सर्वसाधारण किनमेलका लािग पुगेका थिए । यसले जोखिम अझै बढाएको आंकलन छ । यसको नतिजा भोलि देखिनसक्छ । यस्तै विभिन्न तटीय क्षेत्रमा समेत बिच पार्टी गर्नेहरुको ताँती देख्दा सर्वसाधारणलाई कोरोनाको डर नभएको हो अथवा सरकारी आदेशलाई उनीहरुले गम्भीरतापूर्वक नलिएका हुन् भन्ने अवस्था देखिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]