आर्सनलको सहज जित !


काठमाडौँ । प्रिमियर लिग फुटबलमा चेल्सीमाथि आर्सनलले सहज जित निकालेको छ । इमिरेट्स स्टेडियममा भएको खेलमा सातवटा जितविहीन खेलको यात्रा तोड्दै आर्सनलले चेल्सीमाथि ३–१ गोलअन्तरले जित निकालेको हो ।

खेलको ३४ औं मिनेटमा अलेक्जेन्ड्रे लकाजेटको गोलमा आर्सनलले खेलमा अग्रता बनाएको थियो । त्यस्तै ग्रेनित साकाको ४४ औं मिनेटमा गोल गर्दा पहिलो हाफमै आर्सनल २ गोलले अघि रह्यो ।

त्यस्तै दोस्रो हाफमा बुकायो साकाले गोल थप्दा आर्सनले तीन गोलको अग्रता बनाएको थियो। उता चेल्सीका लागि ८५ औं मिनेटमा ट्यामी अब्राहमले सान्त्वना गोल फर्काए । जितसँगै १५ खेलबाट १७ अंक जोडेको आर्सनल तालिकाको १४ औं स्थानमा उक्लिएको छ भने १५ खेलबाट २५ अंक जोडेको चेल्सी तालिकाको सातौं स्थानमा छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]