रियाशाको भट्टीमा पुगे दुर्गेश (भिडियो)


काठमाडाैँ । प्रताप दासको स्वरमा ‘भट्टीवाली’ गीत सार्वजनिक भएको छ । शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो ।

प्रताप दासको स्वर रहेको गीतमा जगत तिरूवाको र्याप पनि समावेश छ । गीतमा गीतकार राम कृष्ण महराको शब्द र सिद्धान्त परियारको संगीत रहेको गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा दुर्गेश थापा, रियाशा दाहाल, दिनेश थापा ‘आयुष’, मनोज ओली, उत्तम केसी र अस्मिता बस्नेतको नृत्य छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई नविन निराैलाको सम्पादन रहेको छ ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोलाई जीवन शाहीको निर्देशन रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]