हत्या गरिएका रसियाली विपक्षी नेताको गर्लफ्रेण्डलाई आयो ज्यानमार्ने धम्की


UKRAINE-RUSSIA-POLITICS-MURDER-OPPOSITION-WITNESSहालै हत्या गरिएका रसियाका विपक्षी नेता नेमत्सोभकी केटीसाथीलाई पनि हत्याको धम्की आएको छ । रसियाका विपक्षी नेता बोरिस नेमत्सोभको केही दिनअघि हत्या भएको थियो । सो हत्याका क्रममा ती केटीसाथी पनि सँगै रहेकी थिइन् । उनी युक्रेनी नागरिक हुन् । विपक्षी नेताको हत्यापछि उनी आफ्ना बाबु आमाको घर युक्रेनमा बस्दै आएकी छिन् । उनले आफूलाई हत्यागर्ने धम्की आएको जानकारी शुक्रबार एक विज्ञप्तिमार्फत गराएकी हुन् । युक्रेनका अधिकारीहरुले भनेका छन्– उनलाई हत्या गर्ने धम्की बारम्बार फोनबाट आएको छ र उनले आफ्नो जीवन रक्षाका लागि प्रहरीसँग आग्रह पनि गरेकी छिन् । युक्रेनका महान्यायाधिवक्ताले भनेका छन्– गएको सोमबारदेखि उनी आफ्नो माइतीघरमा बस्दै आएकी छिन् र उनको हत्याको धम्की विभिन्न अज्ञात व्यक्तिहरुबाट आइरहेको छ । उनको जीवन रक्षाका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाइएको जानकारी पनि ती महान्यायाधिवक्ताले दिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]