अमेरिकी राजदूतलाई आक्रमण गर्ने व्यक्तिको उत्तर कोरियासँग सम्बन्ध रहेको खुलासा


koreaदक्षिण कोरियाका लागि अमेरिकी राजदूत मार्क लिपर्टमाथि बिहीबार बिहान सबेरै भएको आक्रमणको अनुसन्धानमा संलग्न रहेका दक्षिण कोरियाली प्रहरीले सो आक्रमणकारीको उत्तर कोरियासँग सम्बन्ध रहेको आशङ्का गरेका छन् । किम किजोङ्ग नामक ५५ वर्षीय एक आक्रमणकारीेले राजदूत मार्कमाथि हत्याको प्रयास गरेका थिए । आक्रमणबाट गम्भीर घाइते हुनु भएका राजदूतको गालाको घाउँमा ८० टाँका लागउनु परेको चिकित्सकले जानकारी दिएका छन् । राजदूत मार्क राजधानी सोलको मध्य भागमा अवस्थित सिजोङ्ग सांस्कृतिक केन्द्रमा सञ्चालन हुने एक सभालाई सम्बोधन गर्ने क्रममा आक्रमण भएको थियो । किमले सन् २००६ र २००७ को बीचमा ६ पटक भन्दा बढी उत्तर कोरियाको भ्रमण गरेका खुलासा भएको छ । त्यसैगरी सन् २०११ मा किम जोङ्ग इलको मृत्युपछि पनि उहाँलाई श्रद्धाञ्जली दिनका लागि उनी उत्तर कोरिया जान खोजेका थिए । सो व्यक्ति अमेरिका र दक्षिण कोरियाबीच सम्पन्न सैन्य तालिम सम्झौताको कडा विरोधी रहेको बताइएको थियो । यस आक्रमणको घटनापछि ह्वाइट हाउसले निन्दा गरेको छ । राष्ट्रपति बाराक ओबामाले राजदूतलाई फोन गरी उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । यसअघि सन् २०१० को जुलाइमा जापानी राजदूतलाई उक्त अभियुक्त किमले ढुङ्गा प्रहार गरी घाइते बनाएको अभियोग दुई वर्ष कारावास सजाय दिइएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]