कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार नेपालमा थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार थपिएकासँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ ।