ईतिहासमै सबैभन्दा लामो समय बन्द भयो नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल


?????????त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दुर्घटनापछि अवरुद्ध धावनमार्ग खुलाउन अझै समय लाग्ने भन्दै शनिबार बिहान १० बजेसम्मका लागि सबै अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ । बुधबार टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ को विमान अवतरणका क्रममा दुर्घटनापछि अवरुद्ध धावनमार्ग खुलाउन थप समय लाग्ने विमानस्थलले पत्रकार सम्मेलनमा जनाएको हो । अवरुद्ध धावनमार्ग खुलाउन भारतबाट ल्याइएको उपकरणसहित विज्ञ टोलीले काम सुरु गरे पनि अझै समय लाग्ने कार्यालयले बताएको छ । टर्किस एयरलाइन्सको विमान दुर्घटना भएदेखि नै अवरुद्ध धावनमार्ग खुलाउन त्यस क्षेत्रमा दक्ष जनशक्ति र उपकरणको प्रयोग गरी युद्धस्तरमा काम भइरहे पनि विमान हटाउन जटिल भएकाले समय लागेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले बताउनुभयो । मुलुकको जनशक्ति र उपकरणबाट विमान हटाउन सम्भव नभएपछि भारतीय विशेष विमानमार्फत बिहीबार मात्रै विमानलाई सुरक्षित रूपमा उठाउने उपकरण (एयर ब्याग) सहित २५ जनाको विज्ञ टोली आएको थियो । विमानस्थलको प्रारम्भिक अनुसन्धानअनुसार कमजोर ‘भिजिबिलिटी’का कारणले बुधबार बिहान सो विमान दुर्घटना भएको अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]