बागमती प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता, ३ जना मन्त्रीद्वारा राजीनामा


काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

मुख्यमन्त्रीविरूद्धको अविश्वासको प्रस्तावमा नेकपाका ४५ जना सांसदहरूले हस्ताक्षर गरेका छन् । अविश्वासको प्रस्ताव दर्ता गर्दै अष्टलक्ष्मी शााक्यलाई मुख्यमन्त्री बनाउन माग गरिएको छ ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा समेत दिएका छन् ।

बागमती प्रदेशका ११० जना सांसदमध्ये ८० जना नेकपाका छन् ।

प्रधानमन्त्रीले संसद विघटन गरेसँगै २ समूहमा बाडिएको नेकपाको असर प्रदेश सरकारमा पनि देखिन थालेको छ ।

मुख्यमन्त्री पाैडेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]