भारतमा कांग्रेस नेताहरु गिरफ्तार

एजेन्सी । भारतमा कांग्रेस महासचिव प्रियंका गान्धीसहित अन्य नेताहरुलाई प्रहरीले गिरफ्तार गरेर हिरासतमा राखेको छ ।
भारतमा नयाँ कृषि कानूनलाई लिएर किसान र केन्द्र सरकारबीच गतिरोधलाई लिएर सरकारलाई घेर्ने योजना बनाएपछि ती नेताहरू प्रहरीको गिरफ्तारीमा परेका हुन् ।
अनुमति बिना नै प्रियंका गान्धीसहितका नेताहरु मार्चपासमा उत्रिएका कारण गिरफ्तार गरिएको प्रहरीले उल्लेख गरेको छ । भारतमा कांग्रेस नेताहरुले कृषि कानूनहरुविरुद्ध २ करोड व्यक्तिको हस्ताक्षर संकलन गरेर राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहेका थिए ।
राष्ट्रपतिसम्म सिमित मानिसमात्रै जान अनुमति भएपछि कांग्रेसले ठूलो मार्चपास निकालेका कारण उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।