सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने प्रचण्ड-नेपालको तयारी

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले नेता सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने भएको छ । पार्टीको अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको उक्त समूहले नेता पाण्डेलाई महासचिव बनाउने भएको हो ।
नेकपा एक हुँदा पार्टीका महासचिव विष्णु पाैडेल थिए । तर, पार्टी फुटेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको समूहले बिहीबार बस्ने कमिटी बैठकमा महासचिवको जिम्मेवारी पाण्डेलाई दिने तयारी गरेको छ ।
बिहीबार दिउसो १ बजे प्रचण्ड-माधव समूहको बैठक बस्दैछ ।
यसअघि प्रचण्ड-नेपाल समूहले मंगलबार केन्द्रीय कमिटी बैठक राखेर ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो ।