‘छक्का पन्जा ३’ युट्युबमा सार्वजनिक

काठमाडौं । सुपरहिट फिल्म ‘छक्का पन्जा–३’ युट्युवमा सार्वजनिक भएको छ । बुधबार हाइलाइट्स नेपालको युट्युवमार्फत फिल्म सार्वजनिक भएको हो ।
फिल्म सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युबको ट्रेन्डिङ्गमा पर्न सफल भएको छ । यो समाचार तयार पार्दासम्म ६ लाख १२ हजारभन्दा धेरै भ्युज फिल्मले पाएको छ ।
दीपक राज गिरीको कथामा दिपाश्री निरौलाद्वारा निर्देशित फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत र संजोग कोइराला फिल्ममा अतिथि भूमिकामा देखिएका छन् ।
आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको फिल्मको केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माता हुन् ।