नेकपाका दुवै समुहको केन्द्रीय कमिटी बैठक आज बस्दै !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । प्रचण्ड–माधव नेपाल पक्षको बैठक विहान साढे ११ बजे बबरमहल बस्ने छ ।
बैठकले संसद विघटनविरुद्ध विरोधका कार्यक्रम घोषणा गर्ने नेतृ पम्फा भुषालले जानकारी दिइन् । यसअघि मंगलबार बसेको बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउँदै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।
पार्टीको संगठनात्मक कार्ययोजनाका विषयमा पनि केन्द्रीय समिति बैठकमा छलफल हुनेछ । हिजो संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई दलको नेताबाट समेत हटाउँदै प्रचण्डलाई नै दलको नेता बनाउने निर्णय गरेको थियो । संसदीय दलको नेता चयन भएपछि प्रचण्डले संसद पुनस्र्थापना गरी नयाँ सरकार बनाउने आफूले पहल थाल्ने बताएका थिए ।
यस्तै ओली समूहको केन्द्रीय कमिटी पनि आजै बस्दै छ । ओली पक्षको बैठक बिहान १ बजे बालुवाटारमा बस्ने छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोकेको छ । ७८ मंसिरमा महाधिवेशन गर्ने ओली पक्षको तयारी छ । त्यस्तै केन्द्रीय कमिटी विस्तार गरेको छ । केन्द्रीय कमिटीलाई १ हजार १ सय ९९ सय सदस्यीय बनाइएको छ ।