युएईमा कोरोनाविरुद्धको खोप निशुल्क लगाइने !

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप संयुक्त अरब इमिरेट्स (युएई) मा निशुल्क लगाइने भएको छ । बुधबार देखि कोरोना भाइरसविरुद्ध निःशुल्क खोप लगाउन थालिने भएको छ । कोरोना बिरुद्धको खोप निएर्माता कम्पनी फाइजर–बायोन टेक कम्पनीको कोरोना खोप प्रयोग गरिएन भएको हो ।
साउदी अरबले गत साता देखि उक्त खोप प्रयोगमा ल्याएको छ । युएईमा अहिलेसम्म ९५ हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण देखिएको छ भने,६ सय ४२ जनाको ज्यान गइसकेको छ । यसअघि नै युएई र बहराईनले चिनियाँ औषधी कम्पनी सिनेफार्मले विकसित गरेको खोपको आपतकालिन प्रयोग अनुमति दिएका थिए ।
चिनियाँ खोपको प्रभावकारीता ८६ प्रतिशतभन्दा धेरै देखिएको क्लिनिकल ट्रायलले देखाएको छ । युएईको स्वास्थ मन्त्रालयले फाइजर–बायोनटेकको खोपलाई पनि आपतकालिन प्रयोगको अनुमति दिएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ ।
त्यसयता, दुबईको संकट तथा विपद् व्यवस्थापन सर्वोच्च समितिले ट्वीटरमार्फत बुधबारबाट फाइजरको खोप लगाउने कार्यक्रम सुरु हुने जानकारी दिएको छ । यसअघि बेलायत, क्यानेडा, अमेरिकालगायत देशले फाइजरको खोप प्रयोग गरिसकेका छन् ।