अफगानिस्तानमा बम बिस्फोट, ४ चिकित्सकसहित ५ जनाको मृत्यु !


काठमाडौं । अफगानिस्तानको काबुलमा भएको बम बिस्फोटमा परेर पाँच जनाको मृत्यु भएको छ । बिस्फोटमा परेर मृत्यु हुनेमा चार जना चिकित्सक रहेको बताइएको छ ।

काबुल प्रहरीका प्रवक्ता फारदाव फारामार्जका अनुसार काबुलमो पूर्वी सिमानमा रहेको पुल–ए–चखरी जेल जाँदै गरेका ती चिकित्सकहरुमाथि तालिवानी लडाकूहरुले आक्रमण गरेका थिए ।

बिस्फोटमा मृत्यु भएका एक जनाको पहिचान हुन बाँकी रहेको छ भने दुई जना घाइते भएको समाचारमा जनाइएको छ । विस्फोटको जिम्मा हालसम्म कसैले पनि नलिएको बताइएको छ ।

आक्रमणमा केही निजी आवासिय भवन तथा पसलहरुमा क्षति पुगेको छ । पछिल्ला केही महिना यता काबुलमा लगातार आक्रमणका घटनाहरु भइरहेका छन् ।

ती आक्रमणहरु आईएसआर्ईएलको नेतृत्वमा भइरहेको समाचारमा जनाइएको छ । यसअघि गत शनिबार अफगानिस्तानमा रहेको अमेरिकी सेनाको शिविरमा भएको रकेट आक्रमणको जिम्मा सोही समूहले लिएको छ ।

नाटो सम्बद्ध अधिकारीहरुका अनुसार घटनामा मानविय क्षति भने भएको छैन । अफगानिस्तानमै पूर्वी शहर गजनीमा सोमबार बन्दुकधारीहरुले अफगानिस्तानका पत्रका, रहमतुल्ला नेकजादको हत्या गरेका थिए । त्यसको एक दिन अघि पनि काबुलमा भएको कार बम बिस्फोटमा नौ जनाको मृत्यु भएको थियो ।

अफगानिस्तानको आन्तरिक मन्त्रालयका अनुसार सरकार र तालिवानी लडाकूहरुले कतारमा भएको वार्तापछि दशकौंदेखि जारी द्वन्द्व अन्त्यका लागि युद्ध विराम नहुँदा थप हिंसाका घटनाहरु बढ्न थालेको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]