भिक्टोरियामा एकैदिन करिब २३ हजार परीक्षण, एकजनामा संक्रमण

मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा गएको २४ घण्टामा प्राप्त भएका २२ हजार ९ सय ५६ कोभिड १९ कोरोना परीक्षणको नतिजामा एकजनामा संक्रमण देखिएको छ । ति व्यक्ति पनि विदेशमा कोभिड १९ को संक्रमण भएका व्यक्ति रहेको स्वास्थ्य विभागले जनाएको छ । क्रिसमसको पूर्वसन्ध्यामा आएको यो खबरसँगै भिक्टोरियाभित्रै कुनै संक्रमण जोखिम नरहेको तर बाहिरबाट वा बाहिर जाने व्यक्तिहरुका लागि भने थप सतर्कता आवश्यक रहेको देखाएको हो ।