भ्रष्ट नेतृत्वबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उत्तमः कमल थापा !

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भ्रष्ट नेतृत्वबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उत्तम विकल्प भएको बताएका छन् । उनले संसद विघटनको वैधानिकता परीक्षण सर्वोच्चले गरे पनि निर्वाचनमा जानु सहि विकल्प भएको उनले बताएका छन् ।
संसद विघटनको वैधानिकताको परीक्षण, निरुपण र व्याख्या सर्वोच्च अदालतले गर्ने नै छ तर, उनले ट्विटमा उल्लेख गरेका छन्, घोडा व्यापार र फोहरी गठबन्धन बनाएर ब्रम्हलुट र कुशासनको दोस्रो श्रृङ्खला सुरू गर्नुभन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्पर अवसर हो ।