जो बाइडेनले लगाए कोरोना विरुद्धको खोप !


एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाएको बिबिसीले उल्लेख गरेको छ । उनले खोप लगाएको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो । खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नका लागि आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले जनाएका छन् ।

यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए । उनीहरुले पनि खोपलाई लिएर सर्वसाधारणमा रहेको शंका हटाउन लागि सार्वजनिक रुपमा खोप लगाएको बताएका छन् । त्यसको एक हप्ता पहिले नै फाइजर–बायोएनटेकको खोप लगाउन थालिएको थियो ।

अमेरिकामा अहिलेसम्म दुई खोपले स्वीकृति पाएका छन् । आइतबारदेखि मोर्डनले विकास गरेको खोप पनि लगाउन थालिएको छ । अहिलेसम्म पाँच लाख भन्दा बढि अमेरिकीले खोप लगाइसकेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]