ओली कदमको संयुक्त प्रतिवाद गर्ने तीन दलको निष्कर्ष !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि असन्तुष्ट बनेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ट नेता माधव कुमार नेपाल समूहसहित प्रतिपक्षी काग्रेस र जसपाबीचको बैठक सकिएको छ ।
कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको बैठकले तीन दलको केन्द्रीय कमिटी बैठकपछि थप छलफल गरेर ओलीको कदमको प्रतिवादका लागि थप कार्यक्रम तय गर्ने सहमति गरेको छ । संसद् विघटनपछिका घटनाक्रमबारे गहन छलफलका लागि भन्दै नेपाली कांग्रेसले कांग्रेस पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएको थियो ।
बैठकमा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, नेता झलनाथ खनाल, प्रवक्ता श्रेष्ठ, नेता वर्षमान पुन सहभागी थिए । कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पदाधिकारी र शीर्ष नेता सहभागी थिए भने जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र शरतसिंह भण्डारी सहभागी थिए ।