संसद विघटनविरुद्ध नेकपाकै सांसद सर्वोच्च जाँदै !


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद संसद विघटनविरुद्ध सवोँच्चो जाने भएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने भएका हुन् ।

सर्वोच्चमा पेस गर्न सांसदहरुको हस्ताक्षर संकलन सुरु गरिएको नेत्री रामकुमारी झाँक्रीले बताइन् । उनले भनिन्, ‘बहुमत सदस्य पुर्‍याएर सर्वोच्च जाने तयारीमा जुटेका छौं ।’ हस्ताक्षरबारे कांग्रेसलगायतका दलसँग पनि परामर्श गरिने उनले बताइन् । कांग्रेसले साँझ ४ बजे सर्वदलीय बैठक डाकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]