ओलीले भनेः संसद पुनःस्थापना हुँदैन, चुनावको तयारीमा लाग्नुहोस् !


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले कुनै पनि हालतमा संसद पुनर्बहाली गर्न नसक्ने बताएका छन् । आफूनिकटका नेतालाई बालुवाटार बोलाएर उनले संसद पुनर्बहाली हुन नसक्ने बताएका हुन् । सर्वोच्चले संसद पुनर्बहाली गर्न नसक्नुमा जनमतलाई आधार बनाएका छन् । विशेष समय लिएर लामो समय बोलेका ओलीले भने,‘६४ प्रतिशत जनमत लिएको प्रधानमन्त्रीले विघटन गरेको हो । उनले भने, अदालतले ‘प्रतिनिधिसभा पुनःस्थापनाको कुनै सम्भावना छैन, चुनावको तयारीमा लाग्नुस् ।’ ।’

प्रधानमन्त्री ओलीले बोल्ने क्रममा धेरै समय प्रचण्ड र माधव समूहलाई निशाना बनाएका थिए । सरकारलाई असहयोग गरेको, सबै नियुक्तिमा भागवण्डा खोजेको,पार्टीभित्रै प्रतिपक्षको भूमिका खेलेको उनले आरोप लगाएका थिए । सहमतिका लागि गरिएका प्रयास असफल भएपछि प्रतिनिधिसभा विघटनको बाध्यात्मक अवस्थामा जानु परेको उनले बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]