भक्तपुरमा पहिरोमा परी एक जनाको मृत्यु, दुई जना घाइते !


काठमाडौँ । भक्तपुरमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–५ छाँयाबस्ती स्थित माथिल्लो मगरचोक देखी बर्दानेश्वर महादेव सम्म जाने बाटो निर्माण गर्ने क्रममा पहिरोले परिदाँ सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय निमा योञ्जनको मृत्यु भएको हो ।

आइतबार दिउँसो पहिरोमा पुरिएका योञ्जनको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए । त्यस्तै पहिरोमा पुरिएर अन्य दुई जना घाइते समेत भएका छन् । ४४ वर्षीय प्रेम लामा र ५० वर्षीय भुपालसिंह घिसिङ घाइते भएका हुन् । लामाको अबस्था साामान्य छ भने घिसिङको नारायणटार स्थित अर्थोपेटिक अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]