कांग्रेसले बोलायो सर्वदलीय बैठक !


काठमाडौं । प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएका हुन् ।

संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थामा अब कस्तो रणनीति बनाउने भन्नेबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार बदलिएको राष्ट्रिय परिस्थितिको मूल्यांकन गर्दै संवैधानिक संकटको कसरी सामना गर्नेलगायतका विषयमा छलफल हुनेछ ।

बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको छ । आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गरेका थिए । आइतबार नै बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाको संयुक्त बैठकले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]