सात जना मन्त्रीद्वारा सामुहिक राजीनामा


काठमाडाैँ । सात जना मन्त्रीद्वारा सामुहिक राजिनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्‍मा रहेका ७ जना मन्त्रीले सामूहिक राजीनामाको घोषणा गरेका हुन् ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ७ जना मन्त्रीले सिंहदरबारमा पत्रकार सम्मलेन गरी सामुहिक राजिनामा दिएका हुन् ।

सामुहिक राजिनामा दिनेमा कृषि मन्त्री घनश्याम भुषाल, पर्यटन मन्त्री, योगेश भट्टराई, उर्जा मन्त्री वर्षमान पुन, शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, वन मन्त्री शक्ति बस्नेत, श्रम मन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री बिना मगर रहेका छन् ।

उनीहरूले प्रधानमन्त्री ओलीले गरेको संसद विघटनप्रति असन्तुष्टि जनाउँदै सामुहिक राजिनामा दिएका हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]