बालुवाटारमा नेकपा स्थायी कमिटी बैठकको तयारी, ओलीलाई कारबाही हुन सक्ने

काठमाण्डाै । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरू जम्मा हुन थालेका छन् ।
पूर्व निर्धारित स्थायी कमिटी बैठकका लागि नेताहरू बालुवाटारमा जम्मा भइरहेका छन् । आजको बैठकमा पूर्व निर्धारित एजेण्डामा छलफल नहुने बताइएको छ । तर, प्रधानमन्त्रीले सिफारिस गरेको कदमबारे छलफल हुने र उनलाई कारबाहीको सिफारिस हुन सक्ने समेत बताइएको छ ।
देशलाई नै अफ्ठ्याराेमा पार्ने गरि प्रधानमन्त्री ओलीले कदम चालेको र बैठकमा यस विषयमा कडा रूपमा प्रस्तुत हुने नेतृ अष्टलक्ष्मी शाक्यले उल्लेख गरेकी छन् ।
आइतबार बिहान मन्त्रिपरिषद्को बैठक बोलाएर प्रधानमन्त्री ओलीले संसद् विघटनका लागि सिफारिस गरेका थिए ।