अष्ट्रेलियामा फलफुल उद्योगमा कोरोना असर, २६ हजार कामदारको अभाव


मेलबर्न, अष्ट्रेलिया ।

कोभिड १९ कोरोनाको महामारीले अष्ट्रेलियाको फलफुल उद्योगमा गम्भीर असर गरेको छ । कामदारको अभाव हुँदा यतिबेला पाकेका फलहरु बोटमै कुहाउनुपर्ने अवस्थामा पुगेका छन् । अष्ट्रेलियामा अधिकांश फलफुल टिप्ने काममा व्याकप्याकरहरु संलग्न हुने गरेकोमा कोभिड १९ लकडाउनका कारण उनीहरु आउन नपाएपछि स्थिति यस्तो बनेको हो । पिनाटा फाम्र्सका निर्देशक गेभिन स्कुरले आफ्नो सबै फार्महरुमा कामदार अभाव भएको बताए । उनले गएको अक्टोबरमा मात्र एक हजार टन स्ट्रवेरी बोटमा नै कुहिएका थिए किनकि तिनलाई टिप्ने कोही कामदार थिएनन् । कृषि क्षेत्रमा २२ मिलियन डलरको क्षति यसअघि नै भइसकेको छ भने यदि मार्चभित्रमा २६ हजार कामदार आउन नसकेमा यो क्षति अझै बढ्ने अनुमान छ ।

दिनमा तीन हजारसम्म मृत्इु हुन थालेपछि अमेरिकाले कोभिड १९ कोरोना भाईरसको दोश्रो खोपलाई पनि स्वीकृति दिएको छ । मोडर्ना खोपको पहिलो खेप सोमबार आइपुग्ने तय भएको छ । नियामक निकायले प्रयोगका लागि स्वीकृति दिएपछि मोडर्ना खोप मगाइएको हो । यता अष्ट्रेलियाका मुख्य मेडिकल अफिसर पल केलीले अमेरिकामा दोश्रो खोपलाई पनि आपतकालीन अवस्थामा लगाउन स्वीकृति दिएकोमा स्वागत गर्दै अष्ट्रेलियामा भने आपतकालीन अवस्थामा यसको प्रयोग आवश्यक नभएको बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]